logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मुम्बईस्थित कोरोना विशेष अस्पतालमा आगलागी, १३ जनाको मृत्यु

    मुम्बईस्थित कोरोना विशेष अस्पतालमा आगलागी, १३ जनाको मृत्यु

    3.4K
    Shares

    काठमाडौं । भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।

    मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा अस्पतालमा उपचाररत १३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ । उक्त वार्डमा १७ जनाले उपचार गराइरहेका थिए । 

    आज बिहान सवा तीन बजे लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको थियो । यसअघि महाराष्ट्रको नासिकमा जाकिर हुसेन अस्पतालमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend