logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज, स्पष्टीकरणबारे छलफल हुने

    एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज, स्पष्टीकरणबारे छलफल हुने

    3.8K
    Shares

    काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

    उनका अनुसार आजको बैठक बैशाख ६ गतेकै निरन्तरता हो ।  बैठकमा माधव(झलनाथ समूहका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणलाई विश्लेषण गर्ने र निर्णय लिने जनाइएको छ। झलनाथ खनाल, भीम रावलसहित केही नेताहरुले बिहीबार स्पष्टीकरण बुझाएका छन् । 

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने पाँच र संघीय संसदका २७ जना सदस्यलाई वैशाख ६ गते स्पष्टीकरण सोधेका थिए। 

    बैठकमा पार्टीको दशौं महाधिवेशनको तयारीका लागि पनि छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए  । यसअघि वैशाख ६ गते बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले आगामी मंसिरमा गर्ने भनिएको पार्टी महाधिवेशनको कार्ययोजना एमालेले तयार पारिसकेको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend