logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • ओलीलाई वामदेवको जवाफ : फागुन २८ को निर्णय फिर्ता नगरे साथ दिन सक्दिन

    ओलीलाई वामदेवको जवाफ : फागुन २८ को निर्णय फिर्ता नगरे साथ दिन सक्दिन

    2.8K
    Shares

    काठमाडौं।  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गत फागुन २८ गतेको निर्णय फिर्ता लिन पार्टी अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन्। 

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुका भएको डिनर मिटिङमा गौतमले ओलीसंग फागुन २८ को निर्णय फिर्ता लिनुपर्ने र त्यो नभए आफूले साथ दिन नसक्ने बताएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाकारी दिएका छन्। 

    प्रेस सल्लाहकार सुवेदीले फेसबुकमा लेखेका छन्, ‘हिजो बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कमरेड केपीसँग डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईंले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ।’

    ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको बैठक राखेर अध्यक्ष र महासचिवबाहेकका पद खारेज गरेका थिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend