logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • एमाले स्थायी कमिटी : समेटिए वामदेव, हटाइए नेपाल समूह

    एमाले स्थायी कमिटी : समेटिए वामदेव, हटाइए नेपाल समूह

    4.5K
    Shares

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी बनाएका छन् । 

    शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई हटाएर स्थायी कमिटी गठन गरेका हुन् । उपाध्यक्ष वामदेव गौतमलाई भने यथावत राखिएको छ । 

    ओलीले साविक नेकपा विभाजनपछि आफ्नो पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरेका हुन् । 

    जसअनुसार नयाँ स्थायी कमिटीमा केपी ओली, बामदेब गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोप बहादुर रायमाझी, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, रघुबीर महाशेठ, केशब बडाल र पुष्प राज कँडेल रहेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend