logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मन्त्री आलेद्वारा पीडित महिलालाई आर्थिक सहयोग

    मन्त्री आलेद्वारा पीडित महिलालाई आर्थिक सहयोग

    3.9K
    Shares

    काठमाडौं, १० बैशाख । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरेका छन् । उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका विरामी रुपसिंह टामटालाई रु १० हजार सहयोग प्रदान गरेका हुन् ।

    लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहनुभएका दुवै जनालाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend