logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ग्यास आपूर्ति प्रभावित हुने आशंका, खाली सिलिण्डर भरेर राख्न आग्रह 

    ग्यास आपूर्ति प्रभावित हुने आशंका, खाली सिलिण्डर भरेर राख्न आग्रह 

    3.7K
    Shares

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले आफूसँग भएको खाना पकाउने खाली ग्यास सिलिण्डर भरेर राख्न उपभोक्तासँग आग्रह गरेको छ ।

    विगतमा कोरोनाका कारण भएको लकडाउनमा पनि ग्यास आपूर्ति अभाव हुन नदिएको र फेरि कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुने आशङ्कामा खाली ग्यासका सिलिण्डर तत्काल भरेर भण्डारण गर्न सङ्घले भनेको छ ।

    सहज तरिकाले आपूर्ति व्यवस्था गर्न नेपाल आयल निगमले बुधबार सङ्घलाई खाली सिलिण्डर भरेर भण्डारण गर्न पत्राचार गरेको थियो । सोहीअनुसार सङ्घले उपभोक्तालाई खाली सिलिण्डर भर्न अपिल गरेको छ । 

    भारत विश्वकै सबैभन्दा बढी दैनिक कोरोना प्रभावित हुनेहरुको मुलुक बनिरहेको छ । यस्तो अवस्थामा आपूर्ति प्रभावित हुनसक्ने सम्भावना रहन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend