logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • राष्ट्रिय सभाको रिक्त स्थानमा एमालेले बादललाई नै उम्मेदवार बनाउने

    राष्ट्रिय सभाको रिक्त स्थानमा एमालेले बादललाई नै उम्मेदवार बनाउने

    5K
    Shares

    काठमाडौं।  नेकपा एमालेले राष्ट्रिय सभाको रिक्त स्थानमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने भएको छ।  

    एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने बताएका हुन्। 

    ‘हाम्रो पार्टी तिर लागेका कारणले माओवादीले कारबाहीको नाममा रिक्त बनाएका पदहरू ३५ दिनदेखि ६ महिना भित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ। जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा राम बहादुर थापा नै हाम्रो उम्मेदवार हो। आवश्यक समयमा औपचारिक निर्णय गरिनेछ।’, बैठकमा बोल्दै ओलीले भने। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend