logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • ‘लोकतन्त्रका योद्धा’ सम्मानपछि बहिर्गमित जनमुक्ति सेनाले भन्यो : एमालेमा प्रवेश गरेका हल्ला गलत

    ‘लोकतन्त्रका योद्धा’ सम्मानपछि बहिर्गमित जनमुक्ति सेनाले भन्यो : एमालेमा प्रवेश गरेका हल्ला गलत

    3.7K
    Shares

    काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले एमालेमा प्रवेश गरेका हल्ला गलत भएको बताएको छ। 

    शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारले अयोग्य भन्ने बिल्ला हटाएर ‘लोकतन्त्रका योद्धा’ सम्मान गरेकोमा धन्यवाद दिँदै एमालेमा प्रवेश गरेका कारण सम्मान गरेको भन्ने हल्ला सत्य नभएको बताएको हो। 

    संगठनका इन्चार्ज अशिल लिम्बु ‘सुनिल’ले आफूहरुले उठाउँदै आएका ९ वटा मागमध्ये पहिलो माग सरकारले सम्बोधन गरेको बताए । उनले आफूहरुलाई अयोग्यको बिल्ला भिराएर शिविरबाट धपाइएको पीडा भुल्ने वातावरण सरकारले बनाएको भन्दै सरकारलाई धन्यवाद दिए ।

    इन्चार्ज सुनिलले आफूहरुले जनयुद्धका सर्वोच्च कमाण्डरबाटै सम्मानपत्र लिने इच्छा भएपनि दुईपटक सरकारको नेतृत्व गर्दा समेत बेवास्ता गरेको सम्झिँदै भने, “जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर प्रचण्डकै हातबाट सम्मानपत्र लिने चाहना थियो, तर त्यो पूरा भएन । उहाँ दुई पटक र जनयुद्धका अर्का नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा समेत हाम्रा मागको कुनै सुनुवाई गर्नुभएन । हामीलाई अपमानित गरेर शिविरबाट धपाइएको पीडा सम्झिँदै आन्दोलनमा थियौँ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हामीलाई सम्मान गरेको छ । यसको लागि धन्यवाद । यसमा जनयुद्धका अर्का नेता तथा गृहमन्त्री बादलको पनि महत्वपूर्ण भूमिका छ । उहाँलाई पनि विशेष धन्यवाद ।” उनले प्रचण्ड–बाबुरामले जनमुक्ति सेना बिसर्जन गर्ने र आफूहरुलगायत सहिद, बेपत्ता परिवार र घाइतेहरुलाई अपमान गरेको दाबी गरे ।

    संगठनका अध्यक्ष रमेश बसेल ‘करन’ले आफूहरुलाई सम्मान गर्नु शान्ति सम्झौतासँग जोडिएको विषय भएको बताए । बृहत शान्ति सम्झौतामा ‘बाल सेना’को विषय जोडिएको बताउँदै यसअघिका सरकार त्यसमा जिम्मेवार नहुँदा आफूहरु आफूहरु आन्दोलनमा हुमिन बाध्ये भएको बताए । “हामी कुनै पार्टीका प्रवेश गरेर सम्मान गरेको होइन शान्ति सम्झौता र संविधानप्रति वर्तमान सरकार जिम्मेवार भएर ‘लोकतन्त्रका योद्धा’ सम्मानपत्र दिएको हो । यसको लागि सरकारलाई धन्यवाद” अध्यक्ष करनले बताए । उनले जनयुद्धका बाँकी समस्या समाधानको लागि हामीले सरकरसँग पहल गरेको भन्दै आफूहरु वैकाल्पिक शक्तिकोरुपमा बन्ने दाबी गरे । सरकारले आफूहरुले ९ वटा मागहरुमध्ये पहिलो मात्रै पूरा गरेको भन्दै करनले बाँकी मागहरु पूरा गर्न निरन्तर संघर्षमा गरिरहने प्रतिबद्धता जाहेर गरे ।

    अध्यक्ष करनले केही नेताले बाटो भिराउँदैमा माओवादी आन्दोलन समाप्त नहुने बताए । “प्रचण्ड–बाबुरामले बाटो भिराउँदैमा, संसदीय भासमा भासिँदैमा माओवादी आन्दोलन सकिँदैन । हामी कुनै पार्टीमा प्रवेश गर्दैनौं, विगतमा हामीले जनताको बीचमा गरेको प्रतिबद्धता पूरा गर्न संघर्षमा लाग्नेछौं” करनले भने ।
    संगठनले गरेको निर्णय वाचन गर्दै उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ले अयोग्य बिल्ला खारेर गर्नु आफूहरुको आन्दोलनको पहिलो एजेण्डा भएको बताउँदै त्यो पूरा भएको बताए । उनले यसअघिका सरकारसँग भएका सहमति कार्यान्वयन नहुँदा आफूहरु आन्दोलनमै मैदान रहेको तर वर्तमान सरकारले मागको सुनुवाई गर्न सुरु गरेको बताउँदै खुशी व्यक्त गरे ।

    उपाध्यक्ष यज्ञबहादुर कार्की ‘प्रदिप’ले जनयुद्धका कमाण्डर उपराष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्री भए तर आफूहरुका मागबारे कुनै चाँसो नदिएको बताए । उनले आफूहरुको १२ बर्षसम्म संघर्षले अयोग्यको बिल्ला खारेज गर्न सफल भएको बताए । “हामीले हाम्रा सर्वोच्च कमाण्डरकै हातबाट सम्मान पत्र पाउने आशासहित संघर्ष घोषणा गरेका थियौँ । तर, कमाण्डरहरु उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री भएपनि हामीलाई कुनै वास्ता गर्नुभएन । वर्तमान सरकारले थोरै भएपनि हाम्रो घाउमा मलम लगाएको छ” प्रदिपले भने ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend