Logo सोमवार, जेठ ३ गते २०७८
सोमवार, जेठ ३ गते २०७८
images

पर्सामा आज थपिए १ सय ६९ सङ्क्रमित 

पर्सामा आज थपिए १ सय ६९ सङ्क्रमित 

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १६, २०७८ बिहिवार ०८:४४ बजे
  • 418
    SHARES
  • पर्सा । पर्सामा आज एकै दिन १ सय ६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

    भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए ।

    उनले कोरोना सङ्क्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए । यससँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार ३ सय १७ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमित

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images