logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • यी हुन् ‘होम क्वारेन्टाईन’मा बस्दा ध्यान दिनुपर्ने कुराहरु

    यी हुन् ‘होम क्वारेन्टाईन’मा बस्दा ध्यान दिनुपर्ने कुराहरु

    5K
    Shares

    काठमाडौं । क्वारेन्टाईनमा राखिनु मूल तात्पर्य हुन्छ, एकबाट अर्कोमा संक्रमण सार्नबाट बचाउनु हो । कोरोना भाइरसको संक्रमण आशंका देखिएका व्यक्तिलाई दुई हप्ता अर्थात १४ दिनसम्म सुरक्षित ठाउँमा लक्षण अनुसार परिक्षणका लागि क्वारेन्टाईनमा राखिन्छ । संक्रमणको पुष्टि भइसकेपछि उपचारका लागि आइसोलेशनमा पठाउने गरिन्छ । कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रले होम क्वारेन्टाईनमा बस्दा निम्न कुराहरुमा ध्यान दिनुपर्ने सुझायको छ । 

    – पर्याप्त भेन्टिलेसन भएको अलग्गै कोठाको प्रयोग गर्ने । 
    – अरु व्यक्तिहरुसंग भेटघाट नगर्ने । भेटघाट गर्नु परेमा कम्तीमा २ मिटरको (६ फिट) को दुरी राख्ने र मास्कको अनिवार्य रुपमा प्रयोग गर्ने । 
    – घरका अन्य सदस्यहरुले अग्लै शौचालय तथा बाथरुमको प्रयोग गर्ने । 
    – क्वारेन्टाईनमा बसेको व्यक्तिले प्रयोग गरेको मास्क र पन्जालाई जथाभावी नराखी बन्द कन्टेनरमा राख्ने र सुरक्षित स्थानमा लगेर नष्ट गर्ने ।
    – अलग भाडाकुडा, ग्लास, कप, टावल, बेड र तन्नाको प्रयोग गर्ने ।
    – समय समयमा साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हान धुने अथवा ह्याण्ड स्यानिटाईजरको प्रयोग गर्ने ।
    – प्रयोग गरिएका सामग्रीहरु साबुन पानीले धोइ सम्वभ भएसम्म घाममा सुकाउने । 
    – खोक्दा वा हाछ्युँ गर्दा आफ्नो मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनोले छोप्ने ।
    – ज्वरो, खोकी, श्वासप्रशवासमा समस्या, घाँटी दुख्ने जस्ता समस्याहरु देखा परेमा नजिकको स्वास्थ्य संस्थामा टेलिफोनमार्फत सम्पर्क गर्ने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend