logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • विश्व कीर्तिमान राख्ने तयारीमा ‘नेपग्याजम कमेडी’

    विश्व कीर्तिमान राख्ने तयारीमा ‘नेपग्याजम कमेडी’

    3K
    Shares

    काठमाडौं । पछिल्लो समय स्ट्याण्डअप कमेडीमार्फत दर्शकको मन जित्न सफल ‘नेपग्याजम कमेडी’ नामक समूहले विश्व कीर्तिमान राख्ने तयारी गरेको छ ।

    उनीहरुले सगरमाथाको कालापत्थरमा स्ट्याडअप कमेडी प्रस्तुत गरेर विश्व कीर्तिमान राख्ने तयारी गरेका हुन् । ‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले यो कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो ।

    कार्यक्रम आगामी वैशाख २० गते विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको फेदी कालापत्थरमा (५,६४३ मिटरमा) आयोजना हुने बताइएकाे छ  । कार्यक्रममा नेपग्याजमले आफ्ना २ स्टयाण्डअप कमेडीयन प्रस्तुत गर्नेछ । कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमतिसमेत पाइसकेको छ ।

    यसअघि इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधार शिविर (५,२७० मिटर) मा स्ट्यान्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend