logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • होम आइसोलेसनमा बसेका संक्रमितलाई डा. रवीन्द्र पाण्डेकाे अनुरोध

    होम आइसोलेसनमा बसेका संक्रमितलाई डा. रवीन्द्र पाण्डेकाे अनुरोध

    6.9K
    Shares

    १. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ |

    २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला | यसलाई प्रोन पोजिसन भनिन्छ | पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला | यसले फोक्सोको क्षमता बढाउछ | यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ |

    ३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला | आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ |

    ४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला | यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ | तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला | छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ | कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ |

    ५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला | अक्सिजनले रोग निको गर्दैन | चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ | अक्सिजन उपचार हैन | धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ |

    ६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ | तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला | अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ |

    ७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला | प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन | यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ |

    ८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला |

    ९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला | यसपटकको प्रजाति निकै संक्रामक छ |

    १०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला |

    ११. पानीको बाफ लिंदा आराम हुन्छ |

    १२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला |

    १३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला |

    १४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला | नआत्तिनुहोला | 

    १५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला | सामाजिक संजाल नहेर्नुहोला | अनधिकृत समाचारले तनाव बढाउँछ |

    १६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि  कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला |

    – डा. पाण्डेकाे फेसबुकबाट ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend