logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • हामी निशर्त र निस्वार्थ समर्थन गर्छाैँ, गण्डकीमा हाम्रो निर्णयमा पुनर्विचार हुँदैन : दुर्गा पौडेल (भिडियाे)

    हामी निशर्त र निस्वार्थ समर्थन गर्छाैँ, गण्डकीमा हाम्रो निर्णयमा पुनर्विचार हुँदैन : दुर्गा पौडेल (भिडियाे)

    6K
    Shares

    काठमाडाैं । राष्ट्रिय जनमाेर्चाकी सांसद तथा नेतृ दुर्गा पाैडेलले गण्डकी प्रदेशमा मुख्यमन्त्री बिरुद्धको अबिश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पार्टीको निर्णयमा पुनर्बिचार नहुने बताएकी छिन् । उनले  हाम्रो पार्टीले निशर्त र निस्वार्थ भावना बाेकेर हिँडेकाे र प्रतिगमनकाे विराेधमात्र गरेकाे पनि बताइन् ।

    वर्तमान सरकारकाे काम कारबाहीबाट विकास र समृद्धिकाे आशा नरहेकाे पनि उनकाे दाबी छ । सुनाैलाे नेपालसँगकाे कराकानीका क्रममा पाैडेलले जुनसुकै पार्टीलाई समर्थन गरेपनि  पार्टीले नराम्राे कामकाे समर्थन नगर्ने र राम्रा कामका लागि समर्थन गर्ने जिकीर गरिन् । उनले भनिन् ‘विगतका दिनमा पनि हाम्राे पार्टीले राम्रा कामकाे समर्थन गरेकाे थियाे । अहिले पनि हामी प्रतिगमन सच्याउन लागि परेका छाैँ ।’

    उनले पार्टीकाे प्रतिबद्धतामा कटिबद्ध भएकाे र गण्डकी प्रदेशमा अविश्वासकाे प्रस्तावमा मतदान गर्ने बताइन् ।

    पाैडेलले नेपालमा संघीयता लागू गर्नु नहुने धारणा पनि व्यक्त गरिन् । नेपालमा नागरिकहरुले संघीयता नै नबुझेकाे उनकाे भनाइ छ । उनले नागरिकहरुलाई संघीयता नबुझाइकन लादिएकाे र याे आयातीत भएकाे दाबी पनि गरिन् । 

    हेर्नुहाेस् भिडियाे :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend