मेलबर्न (अस्ट्रेलिया) । नेवा गुठी मेलबर्न अस्ट्रेलियाद्वारा मेलबर्नमा इन्द्रजात्रा पर्व आयोजना गरिएको छ । इन्द्रजात्रा पर्वमा नेवारी वेशभूषामा सजिएर नेपाली समुदायले रमाइलो मनाएका हुन् ।
आयोजकका अनुसार नेवार समुदाय र अन्यसमुदाय मिलेर पहिलोपटक मेलबर्नमा यो कार्यक्रम आयोजना गरिएको हो ।

भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु)को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।
श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपालले बताए । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।







तस्बिर : प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस