logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • लुम्बिनी प्रदेशसभा सदस्य पाण्डेको राजीनामा स्वीकृत

    लुम्बिनी प्रदेशसभा सदस्य पाण्डेको राजीनामा स्वीकृत

    2.9K
    Shares

    काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेको राजीनामा स्वीकृत भएको छ ।

    शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका थिए ।

    कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डेले पेस गरेको राजीनामा पत्रमा हालको राजनीतिक परिस्थिति नियाल्दै हिजोकै मितिबाट लागू हुने राजीनामा दिएको उल्लेख गरेका थिए ।

    सभामुखले उनकाे राजीनामा स्वीकृत गरेका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend