logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • काेलकाताका दुई खेलाडीमा काेराेना, आईपीएलकाे आजकाे खेल स्थगित 

    काेलकाताका दुई खेलाडीमा काेराेना, आईपीएलकाे आजकाे खेल स्थगित 

    4K
    Shares

    काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ । 

    कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने निर्णय गरिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रेस विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएकाे हाे ।

    विज्ञप्तिमा भनिएकाे छ, ‘साेमवार काेलकाता नाइट राइडर्स र राेयल च्यालेन्जर्स बेङ्गलाेरबीच हुने खेलकाे अर्काे तालिका प्रकाशित गरिनेछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend