logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • गुगलले भूकम्पको पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने

    गुगलले भूकम्पको पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने

    3.1K
    Shares

    वासिङटन । विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ ।

    पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो ।

    तार विहिन प्रणालीमार्फत् एन्ड्रोएड मोवाइल फोनमा भूकम्पसम्वन्धी पूर्व सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् । 

    विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।

    भूकम्पबाट बर्षेनी लाखौँ मानिसको मृत्यु हुदै आएकोले यो प्रणाली प्रयोगमा आएपछि भूकम्पका कारण मृत्यु हुनेहरूको सङ्ख्यामा ठूलो मात्रामा कटौती हुने उनीहरूको भनाइ छ । 

    मोवाइलमा सूचना प्राप्त गर्न चाहेको ठाउँ छनौट गर्न मिल्ने व्यवस्था राखिने र सोही अनुसार छनौट गरिएको ठाउँहरूको मात्रै जानकारी आउने बनाइएको छ । यस प्रणालीको प्रयोग गर्न नचाहनेले त्यो प्रणाली बन्द गर्न पनि सक्ने व्यवस्था गरिएको छ । 

    अहिले सुरुमा अमेरिका, ग्रीस, न्युजील्याण्डलगायतका देशहरूमा मात्रै यो प्रणालीमार्फत् सूचना प्राप्त हुने भएका छन् । विस्तारै अन्य देशहरुमा पनि यो प्रणाली विस्तार गरिने गुगलले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend