logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडाैं उपत्यकाकाे निषेधाज्ञा थप कडाइकासाथ लम्बिने 

    काठमाडाैं उपत्यकाकाे निषेधाज्ञा थप कडाइकासाथ लम्बिने 

    5.3K
    Shares

    काठमाडाैं । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटा जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा बुधबार सकिने छ । यद्यपी मन्त्रिपरिषद्ले १५ दिनसम्म निषेधाज्ञा जारी गरिने बताइसकेकाे छ । 

    जिल्ला प्रशासनले जारी गरेकाे निषेधाज्ञा बुधबारदेखि सकिने भएकाले उपत्यकाका तीन जिल्लामा थप कडाइका प्रावधानसहित लम्ब्याउने तयारी भइरहेकाे काठमाडाैं जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । 

    कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले अहिलेको भन्दा कडा प्रावधानसहित निषेधाज्ञा लम्ब्याउने तयारी भएकाले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर मापदण्ड बनाइ निर्देशन जारी गर्ने तयारी भइरहेकाे हाे । 

    अब सरकारी कार्यालय तथा बैंक र वित्तीय कार्यालयहरु आधा क्षमतामा मात्रै चलाएर निश्चित सङ्ख्यामा मात्रै गाडी चलाउन दिने, अत्यावश्यक बाहेकका आवतजावत रोक्ने, नाकामा जाँचमा कडाइ गर्ने लगायतका तयारी भइरहेकाे छ । 

    सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडान सञ्चालनमा रोक लगाइसकेको सन्दर्भमा उपत्यका भित्रिने नाकाहरुमा पनि कडाइ गर्नेगरी छलफल भएको छ । यी सबै विषयमा आजको बैठकले निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend