logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • फ्लोर क्रस, राजीनामा र बहिस्कार सत्यनाशको बाटो हो, त्यता कोही जान्छ जस्तो लाग्दैन: सूर्य थापा (भिडियो अन्तर्वार्ता)

    फ्लोर क्रस, राजीनामा र बहिस्कार सत्यनाशको बाटो हो, त्यता कोही जान्छ जस्तो लाग्दैन: सूर्य थापा (भिडियो अन्तर्वार्ता)

    6.4K
    Shares

    काठमाडौं । प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रले देशमा शान्ति कायम होस् भन्ने असल नियतले विश्वासको मत फिर्ता लिन नचाहेको भने नभएको आरोप लगाएका छन् । उनले भने, २०७४ मा सरकारलाई दिएको मत हामीले दिएकै छैनौँ भनेर दिउँसै रात पार्ने काम गर्नुभएको छ । जे गरेर अस्थिरता सिर्जना हुन्छ, उहाँहरु त्यही गरिरहनु भएको छ, उहाँहरुका कुरा पत्याइसक्नु छैन ।’

    माओवादी नेताहरुलाई हेरेर कुनै राजनीतिक कदमको निर्धारण नहुने बताउँदै सल्लाहकार थापाले एमालेको सिंगो मत प्रधानमन्त्री ओलीले पाउनेमा विश्वास व्यक्त गरे । यदि प्रधानमन्त्री ओलीले विश्वासको मत हासिल गरेमा अहिले भइरहेका अस्थिरताका खेलहरु समाप्त हुने र विश्वास प्राप्त नभएको खण्डमा संविधान बमोजिम अगाडि बढ्ने थापाले बताए । 

    सुनौलो नेपालसँगको कुराकानीमा सल्लाहकार थापाले देशलाई अनिर्णको बन्दी नबनाउने, देशलाई दुविधमा नराख्ने प्रतिबद्धता प्रधानमन्त्रीले सार्वजनिक गरिसकेको बताए । यो विश्वासको मतमार्फत एकसाथ धेरै कुराहरुको छिनोफानो हुने पनि उनले बताए । त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत लिँदा कर्णालीको जस्तो मूर्खता आधा शताब्दी लामो राजनीतिमा सक्रिय बरिष्ठ नेताहरुले गर्छन् भन्ने आफूलाई नलागेको पनि उनले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend