logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • एम्बुलेन्स र शव व्यवस्थापनका लागि यि नम्बरमा फाेन गर्न सकिने 

    एम्बुलेन्स र शव व्यवस्थापनका लागि यि नम्बरमा फाेन गर्न सकिने 

    2.9K
    Shares

    काठमाडौं । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।

    केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

    शव व्यवस्थापनका लागि मृतक प्रमाणपत्र, कोभिड–१९ को पोजेटिभ रिपोर्टसहितका कागजात छाउनीस्थित केन्द्रमा इमेल गर्न सकिनेछ ।

    अस्पतालमा मृत्यु हुनेको हकमा सम्बन्धित अस्पतालले सिसिएमसीलाई शव व्यवस्थापनका लागि अनुरोधपत्र वा होम आइसोलेशनमा मृत्यु हुनेका हकमा स्थानीय पालिकाको पत्र आवश्यक पर्ने केन्द्रले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend