Logo सोमवार, जेठ ३ गते २०७८
सोमवार, जेठ ३ गते २०७८
images
  • समाचार
  • काठमाडाैं उपत्यकामा थप कडा निषेधाज्ञा, मंगलबार...

काठमाडाैं उपत्यकामा थप कडा निषेधाज्ञा, मंगलबार के-के भए निर्णय ? (निर्णयसहित)

काठमाडाैं उपत्यकामा थप कडा निषेधाज्ञा, मंगलबार के-के भए निर्णय ? (निर्णयसहित)

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख २१, २०७८ मंगलवार १६:५४ बजे
  • 751
    SHARES
  • काठमाडाैं उपत्यकामा थप कडा निषेधाज्ञा, मंगलबार के-के भए निर्णय ? (निर्णयसहित)

    काठमाडाैं । काठमाडौं उपत्यकामा किराना, तरकारी तथा फलफूल लगायतका अत्यावश्यकीय पसल बिहान २ घण्टा मात्रै खोल्न पाइने भएको छ ।

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै पसल खोल्न दिने निर्णय गरेको हो । यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म पनि यस्ता पसल खोल्न दिने गरिएको थियो ।

    नागरिकलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अनुरोध गरिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा सीमित कर्मचारी राखेर चलाउन दिने निर्णय भएकाे छ ।अत्यावश्यक सवारीमा अनिर्वाय पासको व्यवस्था गरिएको र पास नभएका सवारीलाई गुड्न नदिने निर्णय गरिएकाे छ ।

    यस्तै, सरकारी कार्यालयमा ४० प्रतिशत कर्मचारी राखेर मात्रै सञ्चालन गर्न भनिएको छ । सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको परिचय पत्र अनिवार्य गरिएको छ । ठेलागाडामा सञ्चालित व्यवसाय समेत बन्द गराउने निर्णय गरिएकाे छ ।

    Nirnaya 1.jpg

    images
    images
  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images