logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • काेराेना संक्रमणबाट एकैदिन ५५ जनाकाे मृत्यु

    काेराेना संक्रमणबाट एकैदिन ५५ जनाकाे मृत्यु

    2.4K
    Shares

    बितेको २४ घण्टामा नेपालमा ५५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । थप ७६ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । 

    कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने दैनिक बढ्दो क्रममा रहेका छन् । साेमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend