logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • बलिउड अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण 

    बलिउड अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण 

    2.9K
    Shares

    काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको छ । सेलिब्रेटी फोटोग्राफर विरल भयानीले सामाजिक सञ्जालमार्फत दीपिकालाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । यद्यपी, दीपिका र उनका पति रणवीर सिंहले आधिकारिक धारणा राखेका छैनन् ।

    दीपिका र रणवीरले लकडाउन हुनु भन्दा अगावै मुम्बई छाडेर बैंलुरुस्थित घरमा सिफ्ट भएका थिए । मंगलबारमात्र दीपिकाका बुबा प्रकाश पादुकोणसहित उनकी आमा र बहिनी पनि कोरोना संक्रमित भएको खबर बाहिरिएको थियो । उनका बुबा हस्पिटलमा उपचाररत छन् भने आमा र बहिनी होम आइशोलेसनमा रहेका छन् । 

    दीपिकालाई कोरोना संक्रमण भएको खबर बाहिरिएसँगै अभिनेता रणवीर सिंहका फ्यानहरु उनको स्वास्थ्य स्थिती जान्नका लागि आतुर भएका छन् । रणवीर सिंहलाई पनि कोरोना संक्रमण हुने त होइन भन्दै फ्यानहरुले चिन्ता व्यक्त गरेका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend