logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • मध्य भोटेकोशीको आईपीओ बिक्री स्थगित 

    मध्य भोटेकोशीको आईपीओ बिक्री स्थगित 

    4.8K
    Shares

    काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका स्थानीयबासी तथा आयोजना प्रभावितका लागि जारी गरेको आईपीओ बिक्री स्थगित गरिएको छ ।

    मध्य भोटेकोशी जलविद्युत आयोजना र बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटलले संयुक्तरूपमा विज्ञप्ति जारी गरी सेयर बिक्री स्थगित जानकारी दिएकाे हाे । 

    कोरोना संक्रमण र स्थानीय तहको पत्रलाई मध्यनजर गर्दै वैशाख २३ देखि लागू हुने गरी परिस्थिति सहज नहुँदासम्मका लागि सेयर निष्कासन स्थगित गरिएको बताइएको छ । परिस्थिति सहज भएपश्चात अर्को सूचना जारी गरी आईपीओलाई निरन्तरता दिइने विज्ञप्तिमा उल्लेख छ ।

    काेराेना महामारीकाे बेलमा आईपीओ जारी गरेकाे भनी चर्काे आलाेचना भएपछि जलविद्युत आयोजना र बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटलले सेयर निष्काशन स्थगित गरेकाे हाे । 

    मध्य मध्यभोटेकोशी आयोजना प्रभावितका लागि ३० प्रतिशत अर्थात १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि १०० रूपैयाँ प्रतिकित्ताका दरले ५० देखि ४०० कित्तासम्म आवेदन गर्न सक्ने गरी निष्कासन गरिएको थियो ।

    Bhotekoshi 1.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend