logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • ‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन’ 

    ‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन’ 

    4.4K
    Shares

    काठमाडौं । नेकपा एमालेकी नेतृ तथा सांसद गंगा चौधरीले सांसद पदबाट आफ्नो राजीनामा नआउने स्पष्ट पारेकी छिन् । 

    केही सञ्चार माध्यममा राजीनामा दिने सांसदको सूचीमा आफ्नो समेत नाम जोडिएकोप्रति आपत्ति जनाउँदै सांसद चौधरीले भनिन्, ‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन ।’ त्यस्तै उनले आफुले मुलधारको नेकपा एमाले छोडेर अलपत्र पर्न कतै नजाने बताएकी छिन् ।

    सुनौलो नेपालसँगको कुराकानीका क्रममा उनले भनिन्, ‘म सुरु देखि नै पार्टी एकताको पक्षमा छु।  जनताको आघात स्नेह र माया भएको नेकपा एमाले र सूर्य चिह्न छोडेर म कतै जाँदिन र अरु पनि जानु हुँदैन ।’ कठिन परिस्थितिमा सबैले त्याग गरेर नेकपा एमाले संग्लो रुपमा राख्नु पर्ने उनको धारणा छ।

    माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने खबर सार्वजनिक भएपछि सांसद चौधरीले आफ्नो धारणा राखेकी हुन् । खनाल–नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend