logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता 

    5.1K
    Shares

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    आइतबार ४० सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

    संविधानमा सरकार गठन भएको २ वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न नपाइने व्यवस्था छ ।  तर यसअघि मुख्यमन्त्री पोखरेलले संसदको अधिवेशन अन्त्य गरेर पहिलो पटक आएको अविश्वासको प्रस्ताव छलेका थिए । त्यसकारण पनि अब त्यो व्यवस्था लागु हुन्छ कि हुन्न भन्ने प्रष्ट भने छैन ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दोस्रो पटक आइतबार अविश्वास प्रस्ताव दर्ता भएको हाे । यसअघि वैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

    यसअघि पेश गरिएको अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि संसद अधिवेशन अन्त्य गरी राजीनामा दिएर पाेखरेलले बहुमत सदस्यकाे हस्ताक्षर पेश गरेर पुन: मुख्यमन्त्रीकाे शपथ खाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend