logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले केहीबेरमा राजीनामा दिने

    गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले केहीबेरमा राजीनामा दिने

    3.5K
    Shares

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिने भएका छन् । गुरुङले आइतबार राजीनामा दिने तयारी गरिरहेकाे स्राेतले बताएकाे छ । 

    उनकाे राजीनामा केहीबेरमा आउने स्राेतकाे दाबी छ ।

    साेमबार प्रदेशसभामा अविश्वासकाे प्रस्तावमाथि मतदान हुनेछ । मतदान अघि नै मुख्यमन्त्री गुरुङकाे राजीनामा आउन लागेकाे हाे । 

    गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । प्रदेशमा सरकार बनाउन ३१ मत आवश्यक छ । अहिले कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद रहेका छन् ।

    विश्वासकाे मत प्राप्त गर्न नसक्ने भएपछि उनले राजीनामा दिन लागेका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend