काठमाडौं । ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आकस्मिक बैठक बोलाएका छन् ।
नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक बोलाएका हुन् ।
उक्त बैठकमा दशैं तिहारको लागि यातायात व्यवस्थापन र सडक अवरोधको विषयमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग मन्त्री घिसिङले संयुक्त छलफल गरे ।

शुक्रबार साँझ ६ बजे चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय, प्रहरी तथा प्रशासनले तत्काल पन्छाउन नसकिने पहिरो खसेका ठाउँमा वैकल्पिक बाटो प्रयोग गर्न पनि यात्रुहरुलाई अनुरोध गरेका छन् ।
त्यस्तै, मन्त्रालयमा बसेको आकस्मिक बैठकले दशैँमा घर जानेहरुलाई बाटोको अवस्था हेरेर यात्रा गर्न र टिकट लिन पनि आग्रह गरेको छ ।







प्रतिक्रिया दिनुहोस