logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘वीर अस्पतालको पाँच सय शैया अहिलेसम्म सञ्चालन गर्न नसक्नु लाजमर्दो अवस्था हो, हेल्थ सिस्टम कोल्याप्स भइसक्यो’ (भिडियोसहित)

    ‘वीर अस्पतालको पाँच सय शैया अहिलेसम्म सञ्चालन गर्न नसक्नु लाजमर्दो अवस्था हो, हेल्थ सिस्टम कोल्याप्स भइसक्यो’ (भिडियोसहित)

    4.9K
    Shares

    काठमाडौं । गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले देशको हेल्थ सिस्टम नै कोल्याप्स भइसकेको दावी गरेका छन् ।

    काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा बोल्दै डा. अधकारीले यो बैठक एक वर्ष अगाडि गरिनुपर्ने र अहिले धेरै ढिला भइसकेको बताए । 

    उनले भने, ‘हाम्रो हेल्थ सिस्टम कोल्याप्स भइसकेको छ। यसको उदाहरण मेरो अस्पतालको दिन्छु। हामीलाई नेपाल सरकारले तिमी मुटुको विरामी हेरिदेऊ र मुटुका विरामीलाई यदि कोभिड लाग्यो भने त्यसको जिम्मा लेऊ। म अहिले पनि लिन सक्छु। तर अर्को हस्पिटलले कोभिड मात्रै भएका विरामीलाई जिम्मा लिइदिओस् तर कसैले पनि जिम्मा लिन सक्तैन अहिले। किनभने हाम्रो सिस्टम कोल्याप्स भइसकेको छ। हामीले जति बेड बनाउनुपर्ने त्यो बेड बनाउन सक्ने अवस्थामा नै छैनौँ । स्वास्थ्य मन्त्रालयले कोभिडको पहिलो वेभ आएको बेलामा नै सम्पूर्ण सरकारी अस्पतालका निर्देशकलाई बोलाएर कति बेड व्यवस्थापन गर्न सक्छौ भनेर भन्नुपर्थ्यो। बेड व्यवस्थापन गर्ने कुरा एकदिनको कुरा होइन। म दुःखका साथ भन्छु, वीर अस्पतालको पाँच सय शैयाको छ तर सञ्चालन गर्न नसक्नु अहिलेसम्म भनेको लाजमर्नुको अवस्था हो। हामी के हेरेर बसिरहेका छौँ ? हाम्रा विरामी इमरजेन्सी बाहिर बसिरहेका छन्। पाँच सय शैयाको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने ? यसको जिम्मा कसले लिने ? यो मिटिङ १ वर्ष अगाडि सुरु गर्नु पर्थ्यो।’

    सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेबार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend