logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कर्णालीका दुई मन्त्रीले दिए पदबाट राजीनामा

    कर्णालीका दुई मन्त्रीले दिए पदबाट राजीनामा

    3.4K
    Shares

    काठमाडाैं । ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएकाे मुख्यमन्त्री निकट स्राेतले बताएकाे छ । 

    उनीहरुकाे राजीनामाकाे कारण भने खुल्न सकेकाे छैन । उनीहरुकाे राजीनामा पछि बुधबार नै नयाँ मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

    गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गरेपछि विश्वासको मत लिन सफल भएका थिए ।  ह्वीप उलंघन गरेपछि एमालेको कारबाहीमा परेकामध्ये ३ जना मन्त्री पनि भइसकेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend