logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रालय फुटाएर मन्त्री नियुक्त 

    कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रालय फुटाएर मन्त्री नियुक्त 

    3.7K
    Shares

    काठमाडाैं । कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् पुनर्गठन भएकाे छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । बुधबार कर्णालीमा तीन नयाँ मन्त्री थपिएका छन् ।

    नवनियुक्त मन्त्रीहरूमा रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्री, सुर्खेतबाट निर्वाचित विन्दमान विष्ट आन्तरिक मामिला तथा कानून मन्त्री र समानुपातिक सांसद सीता नेपाली जलस्रोत मन्त्री भएकाे मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

    भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएर नेपालीलाई मन्त्रीको जिम्मेवारी दिइएको हाे । यसअघि २ मन्त्रीले राजीनामा दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend