logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पुगेन कांग्रेसका कृष्णचन्द्रको दाबी, पृथ्वीसुब्बा फेरि मुख्यमन्त्री

    पुगेन कांग्रेसका कृष्णचन्द्रको दाबी, पृथ्वीसुब्बा फेरि मुख्यमन्त्री

    2.7K
    Shares

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालकाे सरकार बन्ने भएको छ ।

    संविधानको धारा १६८ (३) अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।

    ६० सदस्यी प्रदेश सभाका कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३ र जनता समाजवादीमा २ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्री नियुक्ति दाबीसहितको पत्र बुधबार प्रदेश प्रमुखलाई बुझाएका थिए । तर त्यसअघि जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले सरकार गठनका सन्दर्भमा आफू तटस्थ रहेको बताए । उनले आफू संसदीय दलकाे नेता भएकाे समेत प्रष्ट पारे ।

    जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने सन्दर्भमा आफ्नो समर्थन नरहेको पत्र प्रदेश प्रमुखकहाँ पोखरेलको दाबीअघि नै बुझाइसकेका थिए । थापा र शाहीको पत्रअनुसार पोखरेलले दाबी गरेअनुसार बहुमत नपुगेको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend