logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नारायणकाजीमाथि खनिए सूर्य थापा : ‘अरूकाे जर्सी गाई सित्तैमा दुहेर दूध खाने बानी परेकाकाे हविगत यस्तै हुन्छ’

    नारायणकाजीमाथि खनिए सूर्य थापा : ‘अरूकाे जर्सी गाई सित्तैमा दुहेर दूध खाने बानी परेकाकाे हविगत यस्तै हुन्छ’

    7.6K
    Shares

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कटाक्ष गरेका छन् । 

    नेकपा(एमाले) हुडल्न गरेका तमाम षड्यन्त्रकारी हर्कतहरू अब असफल मात्रै नभएकाे र अस्थिरता झन् बढाउन सफल हुनै नसकेकाेमा मलिन मुद्रामा आँसु झार्नमात्रै नसकेकाे उनकाे भावभंगी संचारकर्मीहरूलाई प्रत्यक्ष देख्ने गज्जबकाे संयाेग मिलेकाे भनी सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

    थापाले श्रेष्ठलाई प्रवक्ता कहलिनुकाे बडाे दु:ख भएकाे उल्लेख गरी ‘गाई नपाली, अरूकाे जर्सी सित्तैमा दुहेर मनग्गे दूध खाने बानी परेकाहरूकाे हविगत यस्तै हुन्छ’ भनी ब्यंग्य पनि गरेका छन् ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन् :

    नारनकाजीलाई प्रवक्ता कहलिनुकाे बडाे दु:ख भइरहेकाे छ –
    २०७७ बैशाख १७ र २० गते बालुवाटार,
    अनि २०७८ बैशाख ३० गते 
    पेरिसडाँडा ।
    एमालेकाे प्यूठान सम्पर्क मञ्च जत्राे 
    आफ्नाे समूह मिसाएर नेकपा र नेकपा(एमाले) हुडल्न गरेका तमाम षड्यन्त्रकारी हर्कतहरू अब असफल मात्रै भएनन्, अस्थिरता झन् बढाउन सफल हुनै नसकेकाेमा मलिन मुद्रामा आँसु झार्नमात्रै नसकेकाे उनकाे भावभंगी संचारकर्मीहरूलाई
    प्रत्यक्ष देख्ने गज्जबकाे संयाेग मिल्याे !
    गाई नपाली अरूकाे जर्सी सित्तैमा दुहेर मनग्गे दूध खाने बानी परेकाहरूकाे हविगत शायद यस्तै हुन्छ !!
    अझ जनताकाे कष्टमा झुठाे र अतिरञ्जनापूर्ण वक्तव्यवाजीकाे नाैटंकी !!!
    विचराकाे एक वर्षदेखिकाे फसलमा 
    दुबै बैशाखमा आएकाे असिनाले सत्यनाश नै पार्‍यो।
    खाेई कुलेले कुराे बुझेकाे ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend