logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • आजदेखि बैंकबाट यी पाँच सेवामात्र प्रवाह हुने

    आजदेखि बैंकबाट यी पाँच सेवामात्र प्रवाह हुने

    2.8K
    Shares

    काठमाडौं । न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले आजदेखि निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् ।

    नेपाल बैंकर्स सङ्घको बिहीबार बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो ।

    सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।

    न्यूनतम रु ५० हजारभन्दा कम जम्मा ९डिपोजिट० नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनका अनुसार बैंकबाट पटक÷पटक हुने कारोबारलाई निरुत्साहित गर्दा नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो ।

    सङ्घले सरकारले अत्यावश्येक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले निश्चीत सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend