२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी विद्रोहलाई उपलव्धीविहीन बनाइएको भन्दै राप्रपा युवा नेताहरुको प्रदर्शन (तस्बिरहरु)

शनिवार , आश्विन ११, २०८२

काठमाडौं । राप्रपाका युवा नेताहरुले काठमाडौंको माइतिघरमा सांकेतिक मौन प्रदर्शन गरेका छन् ।

जेनजी विद्रोहलाई उपलव्धीविहीन बनाइएको भन्दै उनीहरुले शनिबार माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले क्रान्तिको भावनाबिपरित नजान र शहीदको बलिदानीलाई नजरअन्दाज नगर्न माग गरेका छन् ।

आन्दोलनका क्रममा भएको दमन गर्नेहरुलाई तत्काल कानूनी दायरामा ल्याउन ढिलाई भएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले क्रान्तिको भावनाबिपरित अन्तरिम सरकार अघि बढ्न खोजेकाले ध्यानाकर्षण गराउन सांकेतिक मौन प्रदर्शन गरिएको जानकारी दिइन् ।

प्रदर्शनमा सहभागीहरुले महंगो र विखण्डनकारी प्रदेश खारेजी कहिले ? , देशलाई दुर्घटनाबाट जोगाउन नविन समझदारी गर, ७५ जनाको बलिदान फेरी यहि संविधान ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ