logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

    भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

    4.2K
    Shares

    नयाँ दिल्ली । भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।

    मुलुकभरी कोभिड–१९ बाट दैनिक थप सङ्क्रमित हुनेको सङ्ख्या शुक्रबार तेस्रो दिन पनि सङ्क्रमित सङ्ख्याभन्दा बढी देखिएको हो । मन्त्रालयका अनुसार शुक्रबार कोभिडबाट पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन् भने तीन लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । 

    विगत चारयता सङ्क्रमितको सङ्ख्या लगातार निको हुनेकोभन्दा कम आउनुले सङ्क्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञहरूले लिएका छन् । दश राज्यमा निको हुनेको सङ्ख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले देखाएको छ । 

    भारतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड ४० लाखभन्दा बढी पुगेको छ भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख रहेको छ । यो अघिल्लो हप्ताभन्दा करिब १५ प्रतिशतले कमी हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend