logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • राष्ट्रिय युवा संघ नेपालको ३१ औं स्थापना दिवसलाई फर्केर हेर्दा

    राष्ट्रिय युवा संघ नेपालको ३१ औं स्थापना दिवसलाई फर्केर हेर्दा

    33.3K
    Shares

    काठमाडौँ – नेपालको राजनीतिमा जेष्ठ १ गतेलाई एक महत्वपुर्ण दिनको रुपमा लिने गरिन्छ । नेपाली युवाहरुले जेष्ठ १ गतेलाई राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा मनाउदै आईरहेका छन् । २०४७ साल जेष्ठ १ गते देशभक्त, प्रगतिशिल, जनवादी युवाहरुलाई गोलवन्द गर्दै राष्ट्रिय आकांक्षा पुरा गर्नको लागी हालका सम्माननिय प्रधानमन्त्री एवं नेकपा एमालेका श्रदेय अध्यक्ष के पि शर्मा ओलीको अध्यक्षतामा तत्कालिन अवस्थामा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल (प्ररायुसंघ) हाल राष्ट्रिय युवा संघ नेपाल गठन भएको थियो ।  विभिन्न कालखण्डमा यसको नाममा परिवर्तन गर्दै युवा संघ नेपाल र हाल राष्ट्रिय युवा संघ नेपालको नामले परिचित छ । संघको स्थापना दिवसलाई नै राष्ट्रिय युवा दिवसको रुपमा केहि वर्ष देखि मनाउर्दै आईरहेको छ । यस महान दिनमा सवै नेपाली युवाहरुमा युवा दिवसको शुभकामना दिन चाहन्छु । आन्दोलनलाई यो उचाईमा पु¥याउन र हालको उपलव्धी हाँसिल गर्ने क्रममा विभिन्न कालखण्डमा शाहदत प्राप्त गर्नु हुने महान शहिदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।  
    प्रजातन्त्र स्थापना आफैमा महत्वपुर्ण कार्य थियो । जहानियाँ राणा शासन अन्त्य पछि प्रजातन्त्र स्थापना । प्रजातन्त्रको सवुल अन्त्य पछि पंचायत व्यवस्थाको शुरुवात । त्यसको अन्त्य पछि प्रजातन्त्रको स्थापना । प्रजातन्त्रको स्थापना पछि १० वर्षे शसस्त्र संघर्ष । हजारौं संख्यामा नेपालीहरुको हत्या । विच मै फेरि र्निदलिय जहानियाँ शाही शासनको शुरुवात । केहि समय पछि लोकतान्त्रको घोषणा । संविधान सभाको निर्वाचन । निरंकुश राजसंस्थाको अन्त्य लोकतान्त्रीक गणतन्त्रको स्थापना । मधेश आन्दोलन । जातिय क्षेत्रिय आन्दोलन । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको घोषणा । यि २००७ साल पछिका राजनैतिक घटनाक्रमहरु हुन् । यि परिवर्तनहरुमा तत्कालिन अवस्थाका नेपाली युवाहरुले आफुलाई महत्वपुर्ण भुमिकाको रुप स्थापित गरे । तिनैको वलमा यि परिवर्तनहरु संभव भयो । विचार र संगठनको हिसाबले त्यसको अगुवाई २०४६ साल पछि हालको राष्ट्रिय युवा संघ नेपालले गर्दै आयो ।  यसको झण्डा मुनि हजारौं युवाहरु गोलवन्द भए । परिवर्तनको खातिर आफुलाई पुर्वानि दिनको लागी तयार भए । त्यसको उपलव्धीको उपभोग अहिले नेपाली समाजले गरिरहेको छ । 
    माओले भने जस्तो “हे युवा हो यो संसार तिम्रो पनि हो हाम्रो पनि हो अन्तिममा यो संसार नवयुवाहरुको नै हो” । यो भनाईलाई राष्ट्रिय युवा संघ नेपालले मनन् गरेको छ । त्यसैले नेपाली युवाहरुलाई राजनीतिमा गोलवन्द गर्दै सुनौलो भविश्यको कल्पनाका साथ आफ्नो समाजवादको अभियानलाई अगाडी वढाएको छ । 

    यस अवधिमा यसले खेलेका महत्वपुर्ण कार्यहरु 

    क) २०४६ सालको प्रजातन्त्रको स्थापना पछि  नेपालको प्रगतिशिल जनमतलाई एकिकृत गर्ने काम महत्वपुर्ण थियो । जुन यसको नेतृत्वमा सम्भव रह्यो । द्धन्द्धमा रहेको शक्तिलाई विश्वासमा लिदै बाम लोकतान्त्रिक शक्तिको वलमा नै सामन्तवाद (राजसंस्था) को समुल अन्त्य गर्नु एउटा प्रमुख काम थियो त्यो पनि सम्पन्न भयो । यो काममा संघले युवाहरुलाई परिचालन गरि जनदवाव सृजना गर्ने काममा महत्वपुर्ण भुमिका निर्वाह गर्यो । यस महानअभियानमा यसले खेलेको महत्वपुर्ण भुमिकाको कारणले नेपालको राजनीतिमा नेता संगठनको रुपमा स्थापित भयो । सांगठनिक र वैचारिक हिसावले कतिपय संगठनहरुको लागी यो पाठशालाको रुपमा नै स्थापित भयो ।  
    सामन्तवादका अवशेषहरु समयको क्रमसगै यदाकदा देखिने गरेका छन् । त्यसको समुल अन्त्य गर्नु र नेपाली समाजलाई पुर्ण रुपमा सामन्तवाद उन्मुलन समाजको रुपमा विकसित गर्नु चुनौतिको विषय छ । यसको लागी निरन्तर कार्यक्रमिक योजनाले मात्र सम्भव छ । यसमा सचेत युवाहरुको नै महत्वपुर्ण योगदान रहने हुदाँ अवको अभियान त्यस तर्फ केन्द्रित गर्नु पर्ने देखिन्छ । 
    ख) नेपालको विषयमा जो कसैले पनि लेख, रचना, अनुसन्धान र जे विषय उठान गर्दा पनि यो देश अर्ध औपनिवेशिक छ भन्ने मान्यतालाई स्थापित गर्नको लागी विभिन्न माध्यम र श्रोतहरुको परिचालन गर्ने काममा विस्तारवादी शक्तिहरु लागी परे । तर मदन भण्डारीले भने जस्तै हामी यो दुनियाँमा सार्वभौमसत्ता सम्पन्न मुलुक हौं । हामीलाई कसैको दासत्व स्विकार्य छैन । नेपालको प्राकृतिक श्रोत र साधनको उपभोग गर्ने अधिकार नेपाल र नेपालीको नै हो । भन्ने मान्यतालाई स्थापित गर्दै नेपाली युवाहरुमा राष्ट्रियताको विषयमा हिमाल, पहाड र तराईमा जागरण ल्याउने । आत्मनिर्भर स्वाधिन मुलुक हो भन्दै देशभक्ती जनमतको सृजना गर्ने काममा यो संगठन अग्रेणी मोर्चामा रह्यो । भारतवाट अतिक्रमित भुमिहरु फिर्ता गर्ने र लिपुलेक, लिम्पियाधुरा, कालापानी, नेपालको हो, यसलाई समेटर नक्सा जारी गर्ने एजेण्डा पनि हाम्रो हो । हाम्रो भुमिमा रहेका विदेशी सेनाहरु फिर्ता गर भनेर आवाज उठाउने पहिलो संगठन पनि यहि हो । सिमा समास्याको विषयमा भारत र चीनसंग  कुटनैतिक तवरवाट समाधान गर्नु पर्दछ  भन्ने संगठन पनि यहि हो । यो राष्ट्रियता सम्वन्धी अभियानको नेतृत्वदायी भुमिका पनि यहि संगठनले ग¥यो । जसको फलस्वरुप यो संगठनको संस्थापक अध्यक्ष र हाल नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलीको नेतृत्वमा नक्साजारी गर्ने, नाकावन्दी सधैका लागी समाप्त पार्ने, भारत वाहेक अन्य मुलुकसंग पनि पारवाहन सन्धी गर्ने काम सम्पन्न भयो । यो हाम्रो एतिहासिक उपलव्धी हो । यसरी हेर्दा राष्ट्रियता र देशभक्तिको काममा यो संगठनले नेतृत्वदायि भुमिका निर्वाह पाईन्छ ।  
    ग) नेपालमा वढ्दै गएको युवा वेरोजगारीतालाई यसले जहिले पनि महत्व दिदै आएको छ । नेपालमा प्रत्येक वर्ष ५ लाखको हाराहारीमा रोजगारीको लागी जनशक्ति बजारमा आउने गर्दछ । यो जनशक्तिलाई देशमा नै रोजगारी दिनु पर्ने विषयलाई यसले आफ्नो मुद्दा वनाउदै आयो । आज ६० भन्दा वढि देशका मानिसहरु नेपालको विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । त्यसमा पनि भारतवाट मात्र वर्षेनि खुला सिमा नाकावाट २ लाख भन्दा वढि युवाहरु कामको सिलसिलामा नेपालमा आउने गर्दछन् भने नेपालवाट कामको शिलसिलामा विदेश जानेको संख्या करिव वर्षमा ४ लाख भन्दा वढि रहेको तथ्यांकले देखाउछ । अन्य मुलुकवाट नेपालमा आउने र नेपालवाट अन्य मुलुकमा जाने यो अवस्था र नेपालमा नै उत्पादन भएको जनशक्ति नेपालमा नै खपत गर्नको लागी थप वैकल्पिक विविध योजनाहरुको विषयमा सरकार र सम्वन्धीत पक्षसगँ पहल कदमी गर्ने र थप रणनितिक योजना वनाउने काममा सहयोग र दवाव मुलक गतिविधिहरु संचालन गर्र्दै आईरहेको छ । जसको कारण संविधानमा मौलिक हक अन्तर्गत नै रोजगारीको ग्यारेण्टीको कुरा राख्न सफल भएको छ । सरकारले हाल युवाहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । जुन हाम्रो आन्दोलनको अर्को उपलब्धी हो । त्यसैले संघ रोजगारी र जनजिविकाको विषयमा अरु भन्दा फरक तवरवाट जिम्मेवार तरिकाले लागी परेको छ । 
    घ) संघले युवाहरुमा रहेको सृजनालाई प्रस्फुटन गर्ने सवालमा जहिले पनि महत्व दियो । युवाहरुसंग भएको क्षमताको आधारमा राष्ट्र र राष्ट्रियताको पहिचान विश्वको सामु दिन सकिन्छ भन्दै युवा जन्य सरोकारका मुद्दाहरुलाई सरकार समक्ष पैरवी गर्दै आएको छ । जसको कारण निम्न उपलव्धिहरु प्राप्त भए भने थपको लागी पैरवीको आवश्यकता छ । 
    युवा तथा खेलकुद मन्त्रालयको स्थापना, 
    राष्ट्रिय युवा परिषदको स्थापना, 
    राष्ट्रिय स्वरोजगार कोषको स्थापना,
    विदेशवाट फर्केका युवाहरुको लागी सहुलियतमा ऋण, 
    प्रमाणपत्र राखेर सुलभ दरमा ऋणको व्यवस्था, 
    युवाहरुको लागी व्यवसायिक तालिम 
    कृषि क्षेत्रमा विशेष अनुदानको व्यवस्था, वैकवाट सहुलियत दरमा ऋणको व्यवस्था
    प्रत्येक पालिकाहरुमा रंगशालाको व्यवस्था
    खेलकुदमा राज्यको विशेष ध्यान दिनु पर्ने सो अनुसारको वजेटको व्यवस्था
    रोजगारी सम्वन्धी विशेष प्याकेजको माग (प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपती महिला उत्थान कार्यक्रम) 

    पुरा हुन बाकी युवा सम्वन्धी माग जसको लागी थप पैरवीको आवश्यकता रहने छ । 

    युवा रोजगार वैक 
    राष्ट्रिय स्तरको युवा संसदको व्यवस्था
    १६ वर्ष उमेर पुगेका युवाहरुको लागी मतदानको व्यवस्था
    खेलकुद विश्वविद्यालयको व्यवस्था
    कामको शिलशिलामा विदेशमा रहेका नेपालीहरुको लागी मतदानको अधिकारको व्यवस्था
    युवाहरुलाई निश्चित दिनको रोजगारीको ग्यारेन्टी, वेरोजगारीको लागी वेरोजगार भत्ताको व्यवस्था 

    आदी रहेका छन् 

    ङ) संघले नेपालमा राजनैतिक स्थायित्वको लागी विभिन्न पैरविहरु गर्दै आईरह्यो । यस विचमा अस्थिरता कायम गर्न,  जातिय, क्षेत्रिय विखण्डनको लागी विभिन्न खाले आन्दोलनहरु संचालन भए । जुन राजनैतिक अस्थिरता कायम गर्नको लागी एक प्रयोग थियो । त्यो प्रयोग नियन्त्रण गरी नेपालमा स्थिरता कायम गर्नु राजनैतिक दल वा शक्तिको  पहलकदमी आवश्यकता थियो । यसमा संघ सफल भयो । यस्ता आन्दोलनको क्रममा धेरै मानिसहरुले अनाहकमा ज्यान गुमाउन प¥र्यो । ति घाउहरुमा मलाम लगाउने र प्रतिशोधको भावना जागृत हुन नदिनु राजनैतिक संगठनको काम हो । त्यसमा पनि संघ सफल रह्यो । यस्तो सोच र विकृत मानसिकतालाई परास्त गर्नको लागी सवै क्षेत्रको सकारात्मक पहलकदमीको आवश्यकता पर्दछ जुन जनताको सुझवुझ, अन्य राष्ट्रिय राजनैतिक शक्ति र हाम्रो पहलकदमीले सफलता प्राप्त ग¥यो । यस अभियानमा नेपाली समाजको सकारात्मक सहयोग रह्यो । अव यस्ता शक्तिहरु नेपाली समाजवाट सदाका लागी निस्तेज भएका छन् । देश विखण्डन हुनवाट जोगिएको छ । यो पनि हाम्रो  आन्दोलनको उपलब्धी हो । 

    च) प्रकोप व्यवस्थानको  र सहायताको सारथी बन्न सफल भएको छ । तराईमा पर्दा हिमाल र पहाडलाई, पहाड र हिमालमा पर्दा तराईलाई दुख्छ । एकलाई पर्दा अर्काले सहायता प्रदान गर्नु पर्दछ भन्ने भावनाको विकास गर्ने काममा पनि संघले नेतृत्व ग¥र्यो । महाविनासकारी भुकम्प, वाढी पैरो, आगजनी, दुर्घटना आदि राष्ट्रिय विपत्तीमा यसले आफुलाई नमुनाको रुपमा स्थापित गर्न सफल भएको छ । र जनताको सेवामा उत्कृष्ठता हासिल गरेको छ । त्यसकारण नेपालमा सहयोगको संस्कृतिको विकास गराउने अभियानको नेतृत्व पनि संघले नै गरेको हो । 

    छ) नेपालमा १ दशक उग्रवामपन्थले अगुवाई गर्यो । यसको विरुद्धमा शासक देखि नागरिक सवै आक्रान्त थिए । कसैले आवाज उठाउन सक्ने अवस्था थिएन । नेपाली समाजमा लुटपाटको संस्कृति हावी भईरहेको थियो । राज्य मुखदर्शक थियो । राज्यका संयन्त्र सवै फेल भएका हुन कि भन्ने भावना जागृत भएको थियो । यो अवस्थालाई नियन्त्रण गर्ने काम पनि यसको नेतृत्वमा नै सम्पन्न भयो । नेपाली समाजले एक युगको समाप्त भएको अनुभुत गरेको थियो ।  जस नेतृत्व संघलाई नै जान्छ ।  यस अभियानमा धेरै नेपाली युवाहरुले आफुलाई गुमाउन पुगे । तिनको योगदानलाई नेपालको राजनीतिले सधै सम्झिरहने छ । 

    आगामी कार्यभार ः 

    सघंले आफ्नो स्थापनाकाल देखि हाल सम्म विभिन्न खाले अभियानको नेतृत्व गर्दै नेपाली युवाहरुलाई दिशानिर्देश गरेको छ । आगामी दिनमा पनि यसले गर्नु पर्ने विभिन्न कार्यभारहरु रहेका छन् । यसको स्थापनाको ३१ औं दिवसमा उठेका सवालहरुलाई निम्न अनुसार वुदाँगत रुपमा उल्लेख छ । 
    क) समृद्ध नेपाल सुखी नेपाली अभियानलाई साथकता दिनको लागी अभियान जारी राख्ने । 
    ख) संविधानमा उल्लेख भए अनुसारको समाजवाद उन्मुख अर्थव्यवस्थाको विषयलाई कार्यरुप दिनको लागी विशेष कार्यक्रमहरु तय गरि युवाहरुलाई सचेत गर्दै राज्यलाई सहयोग पुग्ने अभियानहरु संचालन गर्ने
    ग) राजनैतिक रुपमा वढ्दै गएको अस्थिरताको कारणको विषयमा जनतालाई पैरवी गर्ने । 
    घ) प्रगतिशिल जनमतलाई संरक्षणको लागी विभिन्न खाले कार्यक्रमहरु संचालन गरि सचेत गर्ने । 
    ङ) राजनीतिमा वढ्दै गएको निम्न पुजिवादी प्रवृत्ति र वाम अवसरवादको विरुद्धमा एकतावद्ध रुपमा अभियानहरु संचालन गर्ने 
    च) हराउदै गएको कम्युनिष्ट संस्कृतिको संरक्षण र प्रवद्धन गर्ने 
    छ) युवा रोजगार वैकको स्थापनामा पैरवी गर्ने
    ज) राष्ट्रिय स्तरको युवा संसदको व्यवस्था गर्र्नको लागी राज्यसंग पैरवी गर्ने
    झ) १६ वर्ष उमेर पुगेका युवाहरुको लागी मतदानको व्यवस्थाको लागी पैरवी गर्ने
    ञ) खेलकुद विश्वविद्यालयको स्थापनाको लागी राज्यसगँ माग गर्ने
    ट) कामको शिलशिलामा विदेशमा रहेका नेपालीहरुको लागी मतदानको अधिकारको व्यवस्थाको लागी माग गर्ने
    ठ) युवाहरुलाई निश्चित समयको रोजगारीको ग्यारेन्टी, वेरोजगारीको लागी वेरोजगार भत्ताको व्यवस्थाको लागी राज्यसँग पैरवी गर्ने । राज्यले यो मागलाई सुनुवाई नगरेमा अन्य संगठनलाई समेत सामेल गरि अभियान संचालन गर्ने । 
    ड) उत्पादन भएको कृषि उपजको लागी सहज बजारीकरणको लागी राज्यलाई जिम्मेवारी वनाउने । विदेश पैठारीको लागी राज्यले नै व्यवस्था गर्नको लागी विशेष पहल गर्नको लागी लभिङ गर्ने ।
    ढ) स्वदेशको उत्पादनलाई प्रोत्साहन गर्ने । स्वदेशि उत्पादनका वस्तु प्रयोगमा विशेष योजना तयार गरि राज्यलाई सहयोग गर्ने । 
    ण) वढ्दै गएको भ्रष्ट्राचार, बलात्कार, दाइजो, छाउपडी आदी विषयमा विशेष योजना वनाई सचेतनाका कामहरु गर्ने । 

    माथी उल्लेखित कार्यक्रमहरु तत्कालिन र दिर्घकालिन कार्यक्रमहरु हुन । जसलाई राजनैतिक संगठनले गर्नु पर्ने दायित्व भित्र पर्दछन् । आजको समाज बिश्वभुमण्डलीकरणले गाँजेको समाज हो । हाम्रो प्रतिस्पर्धी हामी र हाम्रो समाज भित्र मात्र छैन । संसारको हरेक देश, समाज र व्यक्ति पनि हाम्रो लागी चुनौति र अवसर दुवै रुपमा आउन सक्छन् । त्यस कारण हामी र हाम्रा राजनैतिक संगठन र त्यसका नेता तथा कार्यकर्ता पनि त्यहि ओझका साथ अगाडी वढ्नु पर्ने हुन्छ । हामी विश्व समाजलाई पनि केहि समय पछि कुनै न कुनै तवरवाट नेतृत्व गर्न सक्दछौं । सो अनुसारको दक्ष जनशक्ति उत्पादनमा हाम्रो ध्यान जाने छ । त्यस्तो खालको राजनैतिक प्रणाली र दिर्घकालिन सोच भएको नेतृत्व नेपाली समाजले खोजेको छ । हामीले सो सोच र समाजले खोजेको जस्तो हुन नसक्ने हो भने राजनैतिक शक्तिहरु यस धर्तिमा कति अस्तित्वमा आए कति विलाएर गए तिनको कुनै लेखा जोखा  छैन । त्यस कारण समाजले अग्रगमन खोजेको हुन्छ । सो अनुसार राजनैतिक शक्ति र नेतृत्वले पनि सोच्नु र परिवर्तन हुनु पर्दछ । यो स्वर्णिम अवसरमा सवैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सवैमा सकारात्मक परिवर्तनको खाँचो छ । समयले पनि त्यहि मागेको छ । यही आशा सहित । फेरी पनि ३१ औ युवा संघ नेपालको दिवसको सवैमा शुभकामना । 

    ( लेखक माधव वास्तोला  राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रिय उपाध्यक्ष एवं नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् )

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend