logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • फेरि बढ्याे सुनकाे मूल्य

    फेरि बढ्याे सुनकाे मूल्य

    4.2K
    Shares

    काठमाडाैं । आइतबार सुनकाे मूल्य बढेकाे छ ।  केही दिन यता नेपाली बजारमा क्रमिक रुपमा घटिरहेकाे सुनको मूल्य फेरि बढेकाे हाे । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएकाे शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९०० रुपैयाँले वृद्धि भएर ९२ हजार ५०० रुपैयाँ पुगेको हो ।

    आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ । शुक्रबार प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँ बढेर एक हजार ३५० रुपैयाँ कायम महासंघले जनाएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend