logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओलीसँग भेटेको स्विकारे बाबुरामले, प्रस्ताव अस्विकार भएपछि नभनेकाे स्पष्टाेक्ति 

    ओलीसँग भेटेको स्विकारे बाबुरामले, प्रस्ताव अस्विकार भएपछि नभनेकाे स्पष्टाेक्ति 

    3.1K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि गरेका छन् ।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले पनि आज ट्विटमार्फत आफूले ओलीसँग भेट गरेको बताएका हुन् । ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो ।’

    बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो । उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ । सोचौं !’

    बाबुरामले प्रधानमन्त्री पद माग्दै पटकपटक ओलीसँग रातिराति भेट गरेको प्राइम टेलिभिजनको अन्तर्वार्तामा महेश बस्नेतले दाबी गरेका थिए । बस्नेतले गठबन्धन सरकार निर्माणका क्रममा बाबुरामले ओलीसँग दुई पटक राति १ बजे भेटेको दाबी गरेका थिए । भेट भएकाे तर राती नभएर साँझमा भेट भएकाे भट्टराईकाे सचिवालयले जनाएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend