logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिंहदरबारमा ओली-नेपाल वार्ता हुँदै 

    सिंहदरबारमा ओली-नेपाल वार्ता हुँदै 

    4.2K
    Shares

    काठमाडौं।   प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ।

     पार्टी विवाद समाधानका लागि ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुन लागेको हो। 

    दुई नेताबीचको भेटवार्तामा विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाइने दुवै नेता निकट स्रोतले बताएको छ । 

    बैठकले कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई दिएको थियो।

     नेताहरूले आ-आफ्नो तर्फबाट कार्यदलमा रहने सदस्यको नाम टुंगो लगाउने एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend