logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    शक्तिशाली आँधीमा भारतमा ४ जनाकाे मृत्यु, विभिन्न राज्यमा भारी वर्षा 

    शक्तिशाली आँधीमा भारतमा ४ जनाकाे मृत्यु, विभिन्न राज्यमा भारी वर्षा 

    2.7K
    Shares

    काठमाडाैं । भारतमा शक्तिशाली चक्रवातमा परी चार जनाकाे मृत्यु भएकाे छ । भारतको गुजरात र महाराष्ट्रसहित ७ राज्यमा चक्रवातकाे असर परेकाे भारतीय माैसम विभागले जनाएकाे छ ।

    समुद्रसँग कर्नाटकमा पछिल्लाे २४ घण्टादेखि भारी वर्षा भइरहेको छ । यहाँ ९० किलोमिटर प्रतिघण्टाको गतीमा हावा चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    आँधीका कारण गोवाका थुप्रै जिल्लामा बिजुली आपूर्ति ठप्प भएको छ । यस्तै, केरलको थुप्रै जिल्लामा भारी वर्षा भइरहेको छ । मौसम विभागका अनुसार आँधी गोवाको तटीय क्षेत्रसँग ठोक्किएको छ ।

    यो चक्रवात गुजराततर्फ अघि बढिरहेको बताइएकाे छ । आइतबारदेखि मुम्बइलगायतका स्थानमा तेज हावासहित भारी वर्षा हुनसक्ने बताइएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend