logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    प्रधानमन्त्रीलाई पुन: सपथ गराउन रिट लिएर सर्वाेच्चमा कानुन व्यवसायी 

    प्रधानमन्त्रीलाई पुन: सपथ गराउन रिट लिएर सर्वाेच्चमा कानुन व्यवसायी 

    5.3K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन मागसहित कानुन व्यवसायीहरु सर्वाेच्चमा पुगेका छन् । 

    वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेकाले पुन: सपथ गर्नका लागि रिट हालेका हुन् । 

    प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । निवेदकले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका छन् । 

    अदालत प्रशासनले सो रिट दर्ता गरिसकेको छैन । रिट निवेदकले संविधानमा उल्लेख गरिएको कामकाजी भाषामा नै शपथ लिनुपर्ने माग पनि गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend