logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    नेपाल टेलिकमले साेमबारदेखि भीओएलटीई सेवा सुरु गर्ने, यसरी लिन सकिन्छ सेवा

    नेपाल टेलिकमले साेमबारदेखि भीओएलटीई सेवा सुरु गर्ने, यसरी लिन सकिन्छ सेवा

    3.9K
    Shares

    काठमाडौं । नेपाल टेलिकमले साेमबारदेखि भ्वाइस ओभर लङटर्म इभोलुसन (भीओएलटीई) सेवा सुरु गर्न लागेकाे छ । टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको सुरुवात गर्न लागेको हो । 

    फोरजीमा एलटीई प्रविधि अन्तर्गत यो सेवा सुरु गर्न लागेकाे टेलिकमले जनाएको छ ।

    यो सेवा उपलब्ध भएपछि फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने कम्पनीले जनाएको छ । 

    माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# ​डायल गरी प्राप्त निर्देशनहरूको अनुशरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटीई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ । 

    भीओएलटीईको संकेत देखा परेपछि *111# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend