logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • चार्टर फ्लाइटका नाममा लुटतन्त्र, नेपालदेखि साउदीको एकतर्फी भाडा एक लाख अठ्हतर हजार

    चार्टर फ्लाइटका नाममा लुटतन्त्र, नेपालदेखि साउदीको एकतर्फी भाडा एक लाख अठ्हतर हजार

    5.2K
    Shares

    काठमाडौँ – नेपाल आएर साउदी अरेबिया फर्किन लागेका कामदारका लागी चार्टर फ्लाइटका नाममा लुटतन्त्र मच्चाउन थालिएको  छ।  

    दोश्रो चरणको  कोरोना महामारीका कारण श्रम गन्तब्य मुलुक फर्किन नपाएर जागीर समेत गुम्ने अवस्था भएर फर्किनै पर्ने बाध्यतामा रहेका कामदारबाट नेपाल देखी साउदी अरेबियासम्मको एकतर्फी भाडादर एक लाख अठ्हतर हजार दुई सय पच्चीस सम्म लिन थालिएको छ ।  

    गत बिहिबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय दुतावासको आग्रहमा काठमाडौँ देखि साउदीको रियाद र जेद्धाको लागी चार्टर अनुमति नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई दिन लागीएको जानकारी गराएको थियो।  

    सोही अनुसार मन्त्रालयका कर्मचारी र केही पहुचावाला  ट्राभल्स व्यवसायीको संलग्नतामा नर्मल अवस्थामा ३० देखी ५० हजार सम्म हुने टिकटको रेट चार्टरका नाममा ५ गुणा भन्दा बढी  राखेर हिमालय एयरलाइन्सले बिक्री खुल्ला गरेको छ।  

    आइतवार यात्रुले बुकिङ गर्न खोज्दा हिमालय एयरलाइन्सको एकतर्फी भाडादर एक लाख अठ्हतर हजार दुई सय पच्चीस देखाएको छ।  

    भारतीय दुताबासको आग्रहमा  नेपालमा रहेका भारतीय नागरिकलाई लैजान भनेर खोलिए पनि नेपाली कामदार समेत साउदी  जान पाउने छन्।  

    साउदी सरकारले २० तारीक भन्दा पछि साउदीमा पुग्ने बिदेशी नागरिकका लागी अनिवार्य क्वारेन्टिन बस्ने पर्ने भनेको छ र त्यसको चार्ज समेत प्रतिब्याक्ति एक हजार डलर तोकेको छ।  त्यो भन्दा अगाडी नै साउदी पुग्नुपर्ने बाध्यतामा रहेका यात्रु माथि एयरलाइन्स अस्वाभाविक मुल्य लिन थालेको हो।  

    यसरी आफु निकट व्यवसायीलाई लुटतन्त्र मच्चाउन दिने गरी मन्त्रालयले दिएको स्वीकृति बारे हामीले  पर्यटन मन्त्रालयका सह सचिव बुद्धी सागर लामिछानेलाई किन यति महंगो शुल्क लिएका भनेर सोध्दा उँहाले चार्टर फ्लाइट स्वभाविक रुपमै महँगो हुने बताउनु भयो। 

    अन्य फ्लाइटको तुलनामा महँगो नै हुन्छ तर एक लाख अठ्हतर हजार दुई सय पच्चीस नै लिन थालिएको हो भने त्यसको अनुगमन गरेर कारबाही गरिने उहाँको भनाई छ।  

    chartar.jpg

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend