logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे 

    पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे 

    5K
    Shares

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

    निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

    आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

    कोरोना महामारीमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हाे । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गरी मूल्य बढाइएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend