logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नागरिक कोराना खोपबाट वञ्चित हुने अवस्था नआओस् : कांग्रेस

    नागरिक कोराना खोपबाट वञ्चित हुने अवस्था नआओस् : कांग्रेस

    3.4K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआउन सरकारले यथाशीघ्र आवश्यक आयात गरी समयमा नै दिने व्यवस्था गर्न माग गरेको छ ।  

    कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन बाँकी रहेकाले यथाशक्य चाँडो दिने व्यवस्था गर्न पनि माग गरेको छ । 

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन गरी सो विषय र कोभिड–१९ रोकथाम, न्यूनीकरण तथा उपचारका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन् ।

    उनले  तत्काल अक्सिजन सिलिण्डर आयात गर्नेदेखि  उत्पादक कम्पनीलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्नसमेत अनुरोध गरेको कांग्रेस संसदीय कार्यालयले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend