२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उद्योगहरुले धमाधम तिर्न थाले विद्युत् महसुल बक्यौता

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । आजदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटकपटकको ताकेतापछि बक्यौता बाँकी रहेका पाँचवटा उद्योगले आज नै प्राधिकरणलाई विद्युत् बक्यौता रकम तिर्न थालेका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आज हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनको कुल बक्यौता रु पाँच करोड ८५ लाखमध्ये पहिलो किस्ताबापत रु २० लाख ९० हजार बुझाएको जानकारी दिए। यसअघि नै बक्यौता तिर्न सुरु गरी वैशाखदेखि तिर्न छाडेको परासीस्थित लक्ष्मी स्टिलले पनि किस्ताबापत रु ८४ लाख ९८ हजार बुझाएको उनको भनाइ छ ।

त्यसैगरी, यसअघि किस्ता बुझाई बीचमा छाडेको सर्वोत्तम सिमेन्टले पनि रु ४० लाख बुझाएको प्राधिकरणले जानकारी दिएको छ । आज डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इन्डस्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको थियो ।

उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता रु ५० लाख ४३ हजारको एक मासिक किस्ता हुनेगरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको हो ।

त्यसैगरी, रु १७ करोड ५८ लाख बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिई रु ६३ लाख बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ