काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।
उनी गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि आज (शनिबार) पहिलोपटक पार्टी कार्यालयमा पुगेका हुन् ।

एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम राखेको छ ।
जेनजी आन्दोलनको क्रममा २४ भदौमा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको थियो । चियापान कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायत नेता कार्यकर्ता सहभागी छन् ।





प्रतिक्रिया दिनुहोस