काठमाडौँ । जेनजी आन्दोलनपछि पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोट पुगेका छन् ।
अध्यक्ष ओली जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको निजी निवासको अवलोकनको लागि आज (बुधबार) बालकोट पुगेका हुन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते ओली निवासमा तोडफोड र आगजनी भएको थियो । उक्त जेनजी आन्दोलपछि सत्ताच्यूत भएका ओली अहिले भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।
तस्बिरहरु :











प्रतिक्रिया दिनुहोस