२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पानीपोखरी युवा क्लबको वार्षिक साहित्यिक प्रकाशन 'धरणी' विमोचन

बिहिवार , कार्तिक ६, २०८२

काठमाडौं । पानीपोखरी युवा क्लबले वार्षिक साहित्यिक प्रकाशन धरणीको चौथो अङ्क विमोचन गरेको छ । क्लबको वार्षिक साहित्यिक प्रकाशन धरणीको चौथो अङ्क पिताजी कृष्णप्रसाद कोइरालाको पुर्ख्यौली घर धरिनडाँडा, दुम्जा, सिन्धुलीमा विमोचन भएको हाे ।

मनोविश्लेषणवादी तथा अस्तित्ववादी साहित्य स्रष्टा विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रियस्तरको साहित्यक छविलाई आत्मसाथ गर्दै उनकै पुर्ख्यौली थलोमा सम्मानस्वरूप आफ्‌नो धरणीको चौथो अङ्क विमोचन गरिएको क्लबले जनाएको छ । दुम्जाली माटोमा हुर्किएका जागरण कवि धरणीधर कोइराला र साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रम सुरुवात गरिएको थियो ।

सुनकोशी गाउँपालिका १ मा रहेको पानीपोखरी युवा क्लबले आफ्‌नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष वार्षिक प्रकाशन गरी स्थानीयस्तरमा साहित्यिक सिर्जना प्रवर्द्धन र साहित्य लेखनमा प्रेरित गर्ने उद्देश्यले धरणीको प्रकाशन सुरु गरेको थियो । उक्त समारोहका सभाध्यक्ष क्लबका अध्यक्ष रोशन तोलंगे थिए । त्यसैगरी प्रमुख अतिथि सनातन धर्म सेवा समिति नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा प्राकृतिक चिकित्सक डा. माधव प्रसाद न्यौपाने, अतिथिहरू नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष दिपक विहिन, नेपाल शिक्षक महासंघ सुनकोशी गापा अध्यक्ष बच्चु कोइराला, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रमोद दाहाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुनकोशी गाउँपालिका पार्टी इन्चार्ज भेषराज दाहाल, पूर्व अध्यक्ष दुधराज पुलामी, पार्टी सदस्य सञ्जय लामा, सुनकोशी गापा २ नं. वडा सचिव तथा नेपाल रेडक्रस सोसाइटी कुशेश्वर दुम्जा उपशाखा सभापति रूपक श्रेष्ठ, नेपाली कांग्रेस काठमाडौं–सिन्धुली सम्पर्क मञ्चका सदस्य सुरेश कोइरालालगायत थिए ।

कार्यक्रममा क्लबका सदस्य विशाल घिमिरेको स्वागत मन्तव्य रहेको थियो भने सम्पादकीय वाचन सजिना श्रेष्ठले गरेका थिए ।

आफूलाई हेर्नुपर्‍यो भने ऐना हेर्नुपर्छ तर समाज के हो भनेर हेर्नुपर्‍यो भने साहित्य पढ्नु पर्छ । साहित्यले समसामयिक विषयवस्तु मात्र हैन समयको पनि प्रतिविम्बित गर्छ । त्यो अभिभारा धरणीले पूरा गर्दै आएको दीपक विहीनले बताए ।

ग्रामीण भेगबाट युवाहरू पलायन भइरहेको समयमा पानीपोखरी युवा क्लबको सक्रियतापूर्वक सिर्जनात्मक साहित्यिक कर्म र विगतको सामाजिक कार्यहरूको स्मरण गर्दै प्रमोद दाहाले प्रशंसा गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ